बाग्दुला–मच्छि सडक कालोपत्रे गर्न मन्त्री राणाकाे पहलमा ३० कराेड।

बाग्दुला–मच्छि सडक कालोपत्रे गर्न मन्त्री राणाकाे पहलमा ३० कराेड।


प्युठान – लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले आफ्नो निर्वाचनको मुख्य एजेण्डामध्ये एक बाग्दुला–मच्छि सडक कालोपत्रे गर्ने प्रतिबद्धता पूरा गर्दै अगाडि बढेका छन्। मन्त्री राणाले बाग्दुला–मच्छि सडकलाई ३० करोड रुपैयाँ लागतमा केन्द्रीय समपुरक योजनामा समावेश गराउन सफल भएका छन्।

उनका अनुसार, २०८१ फागुन ११ गतेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त सडकलाई केन्द्रीय सम्पर्क योजना अन्तर्गत समावेश गर्ने निर्णय गर्दै राष्ट्रिय योजना आयोगमा सिफारिस गरेको थियो। सोही अनुसार आयोगले उक्त सिफारिसलाई अनुमोदन गरी केन्द्रीय अर्थ मन्त्रालयमा बजेटमा समावेश गर्नका लागि सिफारिस गरिसकेको छ।

मन्त्री राणाले यसअघि अघिल्लो कार्यकालमा बाहाने–स्याउलीबाङ सडकका लागि ४२ करोड १५ लाख रुपैयाँ केन्द्रीय सम्पर्क योजनामा प्रस्ताव गराएका थिए, जुन अहिले निर्माण प्रक्रियामा रहेको छ।
“बाग्दुला–मच्छि सडकको स्तरोन्नति मेरो चुनावी प्रतिबद्धता थियो, अब यसलाई कालोपत्रे गरेरै छाड्छु,” मन्त्री राणाले स्पष्ट पार्दै प्युठानबासीलाई बधाई दिएका छन्।
प्युठान क्षेत्र नम्बर २ का लागि यो सडक विकासको मेरुदण्डको रुपमा रहेको र यसबाट स्थानीय यातायात, व्यापार र जनजीवनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। मन्त्री राणाको निरन्तर प्रयास र प्रतिबद्धताको यस उदाहरणले प्रदेशस्तरीय विकासमा नयाँ ऊर्जा थपेको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।