नेकपा एमाले र राप्रपाका नेता कांग्रेसमा प्रवेश मन्त्री राणा नेतृत्वप्रति बढ्दो विश्वास

प्युठान, नेकपा एमाले प्युठान १ का वडाध्यक्ष तथा भूतपूर्व प्रहरी तथा सैनिक संगठनका केन्द्रीय सदस्य जगतबहादुर धामी र राप्रपा नेपाल प्युठानका जिल्ला सदस्य, समाजसेवी तथा यातायात व्यवसायी गोपाल रावत नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ।

उहाँहरूलाई लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री एवं नेपाली कांग्रेसका युवा नेता रोज राणाले एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गर्नुभएको हो। मन्त्री राणाको नेतृत्वमा जिल्लामा भइरहेको तीव्र विकास निर्माणले अन्य पार्टीमा आवद्ध युवाहरु पनि कांग्रेसप्रति आकर्षित हुन थालेका छन्।

पार्टी प्रवेश गरेका नेताहरूले मन्त्री राणाको दूरदर्शिता र कार्यक्षमताबाट प्रभावित भएर साथ दिने निर्णय गरेको बताएका छन्। “प्युठानको समग्र विकासका लागि उहाँको नेतृत्वमा हामी युवाहरुले हातेमालो गर्नु आवश्यक छ,” प्रवेश गर्नेहरूको भनाइ छ।

मन्त्री राणाको पहलमा प्युठानमा सडकमार्ग सुधार, खानेपानी विस्तार, शिक्षा तथा स्वास्थ्य पूर्वाधारको विस्तार लगायतका परियोजनाहरू  अगाडि बढिरहेका छन्।
उनको विकासप्रतिको स्पष्ट दृष्टिकोणले नेपाली कांग्रेसप्रति जनविश्वास बढ्दै गएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।