नौबहिनीमा उत्कृष्ट विद्यार्थी र विद्यालय सम्मानित, असहायलाई शैक्षिक सामग्री वितर
प्यूठान, नौबहिनी
नौबहिनी गाउँपालिकाले शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षा कक्षा ८ र ५ मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय तथा विद्यार्थीलाई सम्मान गरेको छ। साथै, असहाय विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
कक्षा ८ तर्फ विद्यालयतर्फ:
- प्रथम: ज्ञानज्योति आ.वि.
- द्वितीय: लुप्लुङ मावि
- तृतीय: बुद्ध आ.वि.
कक्षा ५ तर्फ:
- प्रथम: मोतिप्रकाश प्रावि
- द्वितीय: बुद्ध आ.वि.
- तृतीय: गंगा मावि
विद्यार्थीतर्फ:
- कक्षा ८ छात्रः संगम पुन (गावै मावि) – GPA ३.६१
- कक्षा ८ छात्राः सोनिया के.सी. (गंगा मावि) – GPA ३.७४
- कक्षा ५ छात्रः सिद्धान्त भण्डारी (लुप्लुङ मावि) – GPA ३.७१
- कक्षा ५ छात्राः सिया के.सी. (गावै मावि) – GPA ३.७१
उत्कृष्ट विद्यालय तथा विद्यार्थीहरूलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको हो।
सोही अवसरमा गाउँपालिकाले उपाध्यक्ष कोसेली कार्यक्रम अन्तर्गत वडा नं. ६ का सामुदायिक विद्यालयमा अध्ययनरत असहाय विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।