फजुल खर्च हैन, सहयोगमा जन्मदिन: प्युठानका सुवेदीको उदाहरणीय कार्य
प्युठान — असार १६।
जन्मदिनको अवसरलाई समाजसेवामा रूपान्तरण गर्दै, प्युठानको बाग्दुलामा रहेको सुबेदी पुस्तक पसलका सञ्चालक खेमराज सुबेदीले दृष्टिविहीन बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन्।

जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूसँग जन्मदिन मनाउँदै उनले १० हजार रुपैयाँ बराबरको स्टेशनरी सामग्री सहयोग गरेका हुन्।

सुबेदी भन्छन्:
“फजुल खर्चमा रमाउनेभन्दा असाहायको हात समाउने जन्मदिन धेरै अर्थपूर्ण हुन्छ।”
सामाजिक उत्तरदायित्वमा सक्रिय रहेका उनले यसअघि शिक्षक आन्दोलनमा पनि २५ हजार रुपैयाँ सहयोग गरेका थिए।

उनको यो कार्यले जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने सकारात्मक सन्देश दिएको छ। जन्मदिन केवल उत्सव होइन, सेवाको अवसर पनि हो भन्ने संदेश प्रवाह भएको छ।
