झुट हैन तथ्य बाेलाै प्यूठानमा २ अर्ब १४ कराेड बजेटकाे प्रमाण हेर्नुस : मन्त्री राेज राणा
लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा 'रोज राणा' ले पत्रकार भेटघाटमा सामाजिक सञ्जालमा फैलिएको भ्रमको खण्डन गर्दै तथ्याङ्कसहित स्पष्ट पारे — “भोट होइन, विकास चाहिएको हो” भन्दै ३,४११ घरधुरीमा धारा, दर्जनौं सडक, दुईवटा पक्की पुल र ‘एक पालिका, एक शहर’ अभियानका योजना सार्वजनिक।
असार २० प्यूठान
प्यूठानका लागि चालु आर्थिक वर्षको तुलनामा ४४.२९१ प्रतिशतले बढी बजेट आएको स्पष्ट पार्दै लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा ‘रोज राणा’ ले सामाजिक सञ्जालमा फैलाइएको भ्रमको खण्डन गरेका छन्।
नेपाल पत्रकार महासंघ, प्यूठान शाखाले होटल आयुष्मा, जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने:
“बजेटको नाममा अफवाह फैलाएर जनताको मनोबल तोड्ने प्रयास भइरहेको छ, तर सच्चाइ के हो भने प्यूठानका लागि समग्रमा २ अर्ब १४ करोड ८६ लाख २५ हजार रुपैयाँको बजेट विनियोजन भइसकेको छ।”
मन्त्री थापाले स्पष्ट पारे अनुसार, प्यूठानमा शहरी विकास तथा खानेपानी मन्त्रालयको शहरी डिभिजन कार्यालय नभएकाले बजेटका शीर्षक अन्य जिल्लामा देखिए पनि योजनाहरू कार्यान्वयन भने प्यूठानमै हुने छन्।
त्यस्तै अन्य मन्त्रालयहरुबाट आफुले राखेका याेजनाहरु पर्यटन डिभिजन बाके , जलाधार तथा भु-संरक्षण राेल्पा शहरी डिभिजन दाङ अफिस रहेकाे समेत बताउदै ती कार्यलयबाट प्यूठानमा कार्यनयन हुने तथ्य बजेट र याेजनाबारे प्रस्ट पारेका छन।
“यो प्राविधिक विषय हो, काम प्यूठानमै हुन्छ, पैसा अन्य जिल्लाबाट देखिन्छ,” उनले प्रष्ट्याए।
शहरी विकास तथा खानेपानी मन्त्रालयमार्फत मात्रै ७१ करोड ४२ लाख ५७ हजार रुपैयाँ विनियोजन भएको जानकारी दिँदै मन्त्री राणाले भने,
“डिभिजन कार्यालय नहुनु कमजोरी हैन, हामीले आवश्यकता अनुसार बजेट प्यूठानमै केन्द्रित गरेका छौं।”
खानेपानी : ‘एक घर, एक धारा’ अभियानले ३,४११ घरमा पानी पुर्यायो
मन्त्री राणाका अनुसार मन्त्रालयको नेतृत्व सम्हालेपछि अलपत्र परेका खानेपानी योजनाहरूलाई प्राथमिकतामा राखेर पुनःसक्रिय बनाइएको छ।
चालु वर्षमा ३९ योजना सम्पन्न गरिए,३,४११ घरधुरीमा धारा जडान गरिएको छ,आगामी वर्षमा ५२ योजना सम्पन्न गर्ने लक्ष्यसहित ४,३०० घरधुरीसम्म धारा पुर्याउने लक्ष्य लिइएको छ।
मन्त्री राणाले “दम्ति–अधेरीखोला र बाग्दुला–मच्छी सडक खण्डका लागि बजेट सुनिश्चित भइसकेको छ, अब कामको सुरुवात हुन्छ।”
स्वर्गद्वारी ५ सारी र प्यूठान नगरपालिका ८ र ९ जाेड्ने दुईवटा पक्की पुलका लागि बजेट बिनियाेजन गरेकाे दर्जनौं ठुला सडक स्तरोन्नति, एक पालिका एक शहर सौन्दर्यकरणजस्ता कार्यक्रमहरू अगाडि बढाइएका छन्।
“भोट होइन, विकास चाहिएको हो” — मन्त्री राणा
“मलाई भोटको होइन, जिल्लाको विकासको चिन्ता छ। समृद्ध प्यूठान निर्माण हाम्रो साझा लक्ष्य हो,” मन्त्री थापाको कथन थियो।
“राजनीतिक मत फरक पर्न सक्छ, तर जिल्लाको समृद्धिका लागि सबै हातेमालो गरौं।”

मन्त्री थापाले “काम गरेरै देखाउने समय आएको” भन्दै जिल्लाका सबै तहका जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला पक्षसँग समन्वयमा योजनाहरू कार्यान्वयन गरिने प्रतिबद्धता जनाए।
“समृद्ध प्यूठान निर्माण कुनै नारामात्र होइन, मेरो कार्यकालको कसम हो।