आगलागीबाट पिडितलाई एनआरएन पाेर्चुगलकाे सहयोग

दीपक भण्डारी

पोर्चुगल, साउन २२।

पोर्चुगलमा रहेका नेपालिहरुको हितमा काम गर्न स्थापित एनआरएनए पोचुगलले आगलागी पिडितहरुलाई राहत बितरण गरेको छ ।

एनआरएनए पोर्चुगल का अध्यक्ष  दीपा काफ्लेको नेतृत्वमा पोर्चुगलको बेजा जिल्ला ओदिमिरा नगरपालिकाको फतका स्थित बिफ्रुट कम्पनिका आगलागी पिडित १६ जना नेपालिहरुलाई राहत बितरण गरिएको हो । प्रदेशमा पनि नेपाली अबिभावक रहेछ भन्ने आभास भएको गुल्मिका लोकु सेन बताउछन।

राहत बितरणमा एनआरएनए राष्ट्रिय समन्वय समितिका केन्द्रीय सचिब तिलक गैरे ,आइसिसी सदस्य राजकुमार गुरुङ्ग , उपाध्यक्ष द्वय निर्पेश गिरि, सुदन निउरे, महासचिव गोबिन्द बुढाथोकी , सदस्यहरू बिनोद के सि हरि देवकोटा लगाएतको उपस्थिती रहेको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।