गुडिरहेकाे बसमा ठाेकिएर घाइते भएका रामु गिरीकाे उपचारका क्रममा मृत्यु

प्यूठान, साउन २५ — प्यूठानमा भएको बस दुर्घटनामा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।

झिमरुक गाउँपालिका–७ तुसारका ४५ वर्षीय रामु गिरीको आईतवार  राति उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पताल प्यूठानकी डा. भावना पोखरेलले जानकारी दिनुभयो।

शारीरिक रूपमा एउटा खुट्टा गुमाएर अपांग भएका गिरी दिउँसो करिब ५ः३० बजे बाग्दुला–तुसारा रुटमा सञ्चालित यात्रुबाहक बस (लु १ ख ८८३७) मा गुडिरहेको बखत सडकमा यात्रा गरेका अपाङ्ग गिरी ठाेकिएर घाईते भएकाे प्रत्यक्ष दर्सिहरुले जानकारी दिए। घाइते अवस्थामा जिल्ला अस्पताल प्यूठानमा उपचार भइरहेको बेला राति ८:४० बजे उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ।

मृतकका घर वरिपरिको जानकारी दिने झिमेकी झक बहादुर जि सि को भनाइअनुसार गिरी घरमा एक्लै बस्ने गर्नुहुन्थ्यो। घटना भएको खबर पाएपछि मृतकका नजिकका दाजु निमलाल गिरी सहित आफन्त जन जिल्ला  अस्पताल प्यूठान पुगेका थिए।
मृतककाे शब पाेष्टमार्टमका लागि जिल्ला अस्पतालकाे पाेष्टमार्टम गृहमा राखिएकाे र  बस चालक प्रहरी नियन्त्रणमा रहेकाे  ईलाका प्रहरी कार्यलय बिजुवारले जानकारी दिएकाे छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।