निजी विद्यालयविरुद्धका अव्यावहारिक प्रावधान हटाउन प्याप्सनको दबाब

साउन २९ प्यूठान


प्युठानका सबै ९ स्थानीय तहमा ज्ञापनपत्र

प्युठान – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) प्युठानले शिक्षा विधेयक २०८० मा रहेका केही प्रावधानलाई अव्यावहारिक, लगानी–विरोधी र पूर्वाग्राही भन्दै जिल्लाका सबै ९ वटै स्थानीय तहका प्रमुखलाई बिहीबार ज्ञापनपत्र बुझाएको छ।

प्याप्सनले बुझाएको ज्ञापनपत्रमा निजी विद्यालयलाई गैर–नाफामूलक बनाउने र पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रावधानले निजी क्षेत्रको भविष्य र लगानीमा गम्भीर प्रश्न खडा गर्ने ठहर गरिएको छ।

त्यस्तै, शिक्षा क्षेत्रमा राज्यले प्रदान गर्ने सबै तह र प्रकारका छात्रवृत्तिमा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको समेत सहभागिता सुनिश्चित गर्न माग गरिएको छ। साथै, संविधानको मर्मअनुसार अब आउने शिक्षा ऐनमा विद्यालयहरू कम्पनी ऐनको मातहतमा सञ्चालन हुने स्पष्ट व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।

प्याप्सन प्युठानका अनुसार साउन ३० गते जिल्ला प्रशासन कार्यालय प्यूठान, शिक्षा विकास तथा समन्वय इकाई, र जिल्ला समन्वय समिति प्यूठानलाई समेत औपचारिक रूपमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।