प्यूठानमा भएकाे जिप दुर्घटनामा ८ जना घाईते नामावली सहित।

प्यूठानकाे  मल्लरानी गा.पा. ४ टोप्रेमा आज मध्यान्ह १२:१५ मा भएकाे सडक दुर्घटनामा ६ जना घाईते भएका छन।
मल्लरानि दुई  स्याला(देउराली) देखी खलंगा तर्फ आउदै गरेको  ग १ ज ७८१४ नं.को पिकअप जिप सडक देखी अं. ३० मिटर तल खस्न जादा चालक सहित ८ जना सवार रहेकोमा ८ जना नै घाईते भएका छन ।
दुर्घटनामा परि घाईतेहुनेहरुमा  प्यूठान नगरपालिका वडा नम्बर ९ कि २८ बर्षिय सृजना घर्ति उन १७ महिनाकाे छाेरा अनिरुद्र घर्ती ,४१ बर्षिय कल्पना सुनार ,प्यूठान झिमरुक गाउपालिका वडा नम्बर ६ कि २८ बर्षिय राधिका सुनार उनकाे १७ महिनाकाे छाेरी प्रतिमा सुनार,३२ बर्षिय छबिलाल सुनार,२७ बर्षिय लेटर चुदारा,प्यूठान मल्लरानि गाउपालिका वडा नम्बर दुई स्यालाका ३४ बर्षकाे प्रेम सुनार घाईतेहरुकाे जिल्ला अस्पताल प्यूठानमा उपचार भईरहेकाे छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।