प्युठान नगरपालिका ६ माझकोटको वार्ड अध्यक्षमा एन पि मगर

स्मृति घर्ती मगर प्युठान, प्युठान नगरपालिका वार्ड नं ६ माझकोटमा गठबन्धनको प्यानल बिजयी भएको छ। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट वार्ड अध्यक्ष पदका उम्मेदवार नरेन्द्र पुन मगर (एन पि मगर) को प्यानल बिजयी भएको हो। मगरले ८ सय ३ मत लिदै बिजयी भएका हुन। उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार टिका बहादुर थापाले ५ सय १६ मत प्राप्त गरेका थिए। त्यस्तै वडा नं. ६ को वडा महिला सदस्यमा बबिता भण्डारी , दलित महिला सदस्य कमला कामी र खुल्ला सदस्यहरुमा इमान सिंह पुन मगर र दुर्गा पुनमगर विजयी भएका छन ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।