पहिराेकाे जाेखिममा छातिपाटा बस्ति

बिमल प्रसाद पाेख्रेल प्युठान, झिमरुक गाउपालिका वडा नम्बर ७ काे छातिपाटा बस्ति पहिराेकाे जाेखिममा रहेकाे छ।
लाकुरिखाेला र दारेखाेलामा आएकाे भेलकाकारण उक्त बस्ति जाेखिममा रहेकाे छ।तत्काल समस्या समधान गर्न झिमरुक गाउपालिका उपाध्यक्ष प्रमाेद पाेख्रेल सहित बस्तिमा पुगि अनुगमन गरि खाेलाकाे निकास निकाल्ने बताउनु भएकाे छ।
स्थानिय कालुराम न्याैपानेका अनुसार दुई दिन अगाडि आएकाे अबिरल बर्षातले गर्दा माथिबाट झर्ने भेलले ढुङ्गाहरु बगाउदा खेतियाेग्य जमिन ,मकै बालि पुर्नुका साथै एक घर गाेठमामा समेत क्षेति पुराएकाे बताउनु भयाे। गाउपालिका प्राबिधिक नगेन्द्र आचार्य सहित पुग्नुभएकाे पाेख्रेले प्राबिधिक स्टमेट अनुसार गाउपालिकाबाट तत्कालै बजेट बिनियाेजन गरि पहिराे हटाउने स्थानिय बासिहरुलाई बताउनु भयाे।।यदि समयमै पहिराे नहटाए ठुलाे जनधनकाे क्षतिहुनसक्ने प्राबिधिक आचार्यले बताउनुभयाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।