रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

काभ्रे-प्युठान , रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका २४ जनालाई उपचारको लागि काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ ।

रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान लुभुघाट भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा चार महिला र पाँच पुरुष रहेका छन तर पहिचान नखुलेको जनाइएको छ ।

आज बिहान १०ः३० बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरबाट काठमाडौँ र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रजिअ दीपककुमार पहाडीले जानकारी दिनुभयो । बस सडकबाट झन्डै ३०/३५ मिटर तल खसेको छ । उहाँका अनुसार दुर्घटनाको कारण भने खुलेको छैन । अहिले उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।