लुम्बिनी सिटि अस्पतालले प्युठान महाेत्सवमा निशुल्क स्वास्थ्य शिबिर संचालन गर्ने।

लुम्बिनी सिटि अस्पतालले प्युठान महाेत्सवमा निशुल्क स्वास्थ्य शिबिर संचालन गर्ने।
बिमल प्रसाद पाेख्रेल
फागुन २० प्युठान

प्यूठान महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर हुने
प्यूठान । यहि फागुन ४ गतेदेखि हुन गइरहेको स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव २०७९ मा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।

स्वास्थ्य शिविर व्यवस्थापन समितिले महोत्सव अवधिमा ४ गतेदेखि १० गतेसम्म शिविर संचालन गर्ने निर्णय गरेको समितिका संयोजक एवं प्यूठान उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष रेशम के.सी.ले जानकारी दिनुभयो । लुम्बिनी सिटी अस्पताल तथा मेडिकल साईन्स प्रा.लि. बुटवलसँगको सहकार्यमा शिविर संचालन गरिने उहाँले बताउनुभयो ।

शिविरमा विरामी जाँच, ल्याव, एक्स–रे, औषधी लगायतका सुविधा निःशुल्क प्रदान गरिने लुम्बिनी सिटी अस्पतालका सञ्चालक बसन्त जिसीले बताउनुभयो । प्रत्येक दिन फरक फरक क्षेत्रका विशेषज्ञ सेवा उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।

शिविर व्यवस्थापनका लागि विजय फूलवारी बचत तथा ऋण सहकारी संस्थाले समेत सहकार्य गरेको छ । शिविरमा खटिने स्वास्थ्यकर्मी सहितको जनशक्तिलाई आवास तथा खानाको व्यवस्था सहकारी मार्फत हुने सहकारीका व्यवस्थापक प्रकाश बैद्यले जानकारी दिनुभयो ।

महोत्सव स्थलमै स्वास्थ्य शिविर संचालन हुने भएकाले प्रवेशका लागि भने टिकट अनिवार्य रहेको महोत्सव सचिवालयले जनाएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।