छाेरीकाे भबिष्यका लागि छाेरी पढाउनुहाेस सांसद निमा गिरी।

छाेरीकाे भबिष्यका लागि छाेरी पढाउनुहाेस सांसद निमा गिरी।


बिमल प्रसाद पाेख्रेल
नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेस सह महामन्त्री तथा लुम्बिनी प्रदेस सांसद निमा गिरिले प्युठानकाे मल्लरानि गाउपालिका ३ चुजामा रहेकाे श्री अमर माध्यमिक बिधालयकाे ५० जन्मजयन्ति स्वर्ण महाेत्सबकाे अबसरमा आयाेजित कार्यक्रमकाे फागुन २६ गते संबाेधन गर्दै ज्वाईका लागि छाेरी नपढाउनुहाेस ,छाेरीकाे लागि छाेरी पढाउन सबैलाई अनुराेध गर्नुभएकाे छ।
महिला नेत्रि समेत रहेकि सांसद गिरिले छाेरीहरुलाई अझैपनि बाबा आमाहरुले पुरातनवादी साेच राख्दा पछि परेकाे बताउनु भयाे।छाेरीकाे बिहे प्रश्चातकाे घरमा ज्वाई र सासु ससुराले गालि गर्छन ,छाेरीले नपढ दुख्ख दिन्छन भनेर छाेरी नपढाउनुसहाेस।छाेरीलाई आफ्नै क्षमतामा बृद्वि गर्न ,आत्म निर्भर बनाउन ,आफ्ना खुट्टामा आफै उभिन सक्ने बनाउन छाेरी पढाउनु पर्ने बताउनु भयाे।
स्वर्ण महोत्सवको अवसरमा बिधालयको स्मारिका बिमोचन गर्दै गिरीले प्युठानमा रहेका सामुदायिक बिधालय हरुको स्तरउन्नती गर्नुपर्ने र परिवर्तित शिक्षा अनुसार बिधालय र गुरुहरुले आफुलाई परिमार्जन गर्न जरुरी भएकाे बताउनु भयाे ।पुस्तककाे कोर्ष बुकमा मात्र हुने सिमित सिकाईले मात्र बिधार्थिकाे अन्य क्षमतामा बृद्वि गर्दैन बिधार्थिहरुलाई अतिरिक्त क्रियाकलापमा पनि प्रतिस्पर्धा गराउनु पर्ने ,प्राबिधिक सिप ज्ञान र अध्यनशिल बनाउनु पर्ने बताउनु भयाे।।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।