नगरपालिकाकाे गेटअगाडि राेपिएका बिरुवाहरुकाे संरक्षण हुन सकेन

प्युठान नगरपालिका प्रबेश गेट अगाडि देखि बिजुवार खलंगा सडककाे सम्म बिच भागमा रहेकाे नगरपालिका जाने सडकमा लाखाै रुपैया खर्च गरि तीन बर्ष अगाडि लगाईएका बिरुवाकाे संरक्षण नहुदा सुकेका छन।। सडककाे दायाँ बायाँ गरि झन्डै १०० अाेटा असाेक प्रजातिका बिरुवाहरु राेपिएकाे छ।गत बर्षातकाे समयमा लायन्स क्लब प्युठानले नगरपालिकाले संरक्षण गर्ला भनी थप ६० बिरुवाहरु राेप्याे तर नगरपालिका भने न पानीराख्छ न माेलजाेल गर्छ । लायन्स क्लबले अायाेजना गरेकाे बृक्षराेपण कार्यक्रममा नगरप्रमुख अर्जुन कुमार कक्षपतिले संरक्षण गर्ने जिम्मा नगरपालिकाले लिने बताउनु भएकाे थियाे तर संरक्षण गाेडमेल मलजल नहुदा राेपेकाे छ महिना नहुदै सुके लाखाै खर्चेर लगाईएका बिरुवाहरु।हरियालि बिरुवा जाेगाउन तार बार त गरिएकाेछ तर गाेडमेल माेलजल नगर्दा सुकेकाे स्थानिय बासिन्दाहरु बताउछन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।