प्युठानमा बस दुर्घटना हुदा एककाे मृत्यु ९ गम्भीर घाईते

प्युठानको माण्डवी गाउँपालिका – २ तारिवाङ सेतोपहरामा यात्रुबहाक बस दुर्घटना हुंदा एक जना बालकको मृत्यु भएको छ । दुर्घटनामा ९ जना गंभीर घाईते छन।
दुर्घटनामा एक बर्षिय बालकको मृत्यु भएको हो। उनको सनाखत भईसकेको छैन। बिहिबार बिहान साढे दस बजे तिर बस दुर्घटना भएको थियो।
दाङको बंगलाचुली गाउंपालिकास्थित अमारेदेखी प्युठानको मर्कावाङ हुँदै घोराही जाने ना ३ ख ७१३२ नम्बरको बस दुर्घटना भएको हो । बसमा कम्तीमा ३५ जना यात्रु सवार थिए।
घाइतेहरुलाई उपचारका लागि घोराही लगिएको छ । बस सडकदेखी २० मिटर तल खसेको जनाईएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।