काङ्ग्रेसलाई जिताउन झिमरुकमाजागे तरुणदल

काङ्ग्रेसलाई जिताउन झिमरुकमा जागेतरुणदल
बिस्नु प्रसाद न्याैपाने
चैत २३ मच्छि
नेपाल तरुण दल झिमरुक गाउपालिका स्तरिय भेलाकाे संबाेधन गर्दै तरुणदल प्युठानका उपाध्यक्ष राेयल कृष्णले कम्नियुष्टकाे गढ मानिने झिमरुक गाउपालिका अाउने स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसले भत्काउने उद्घाेष गरेका छन।पार्टिले स्थानीय निर्वाचन दिएकाे जिम्मेवारी पूरा गर्न गाउपालिका भित्रका तरुण युवालाई अनुराेध गर्दै झिमरुक गाउपालिकामा नेपाली काङ्ग्रेसलाई बिजयि बनाउन कुनै कसुर बाकि नराखि तरुणदल जिल्ला कार्यसमिति खटिने प्रतिबद्धता गरेका छन।राष्टिय जनमाेर्चा,एमाले तथा माअाेबादिबाट काङ्ग्रेस मा प्रबेश गर्ने युवाहरुलाई फाेन गरि धम्काउने बामपंथी नेताहरुले स्वयम राेयलसंग फाेन ,बहस गर्न पछाडि हैन अगाडि अाउन अनुराेध गरेकाछन।
तरुणदल जिल्ला उपाध्यक्ष हिमाल एम सिले काङ्ग्रेसलाई जिस्काउने र गिज्जाउने यदि कसैले प्रयास गरेमा कुनै हालतमा नछाेड्न तरुलदल झिमरुकलाई अनुराेध गरेका छन।यश पटक स्थानिय निर्बाचनमा नेपाली काङ्ग्रेसलाई झिमरुक गाउपालिका बाट बिजयि गराउन प्रत्येक बुथहरुमा तरुणदल परिचालन गर्ने बताए ।
भेलामा बाेल्दै काङ्ग्रेस प्युठानका नेता तथा पुर्ब सदस्य शाेभाराम न्याैपानेले कुर्चि र पदका लागि हैन बिकास निर्माणका लागि झिमरुक गाउपालिकामा नेपाली काङ्ग्रेसलाई बिजयि गराउन तरुणदलकाे अहम भुमिका रहने बताए।जिल्ला सदस्य कृष्ण जि सिले याे निर्वाचन झिमरुकमा काङ्ग्रेस काे बिजय सुरुवात गर्ने भएकाले तरुणदल इमानदार ,लगनसिल र मेहनतका साथ लागि कुनै गलत क्रियाकलाप नगरि पार्टिकाे अनुसासनमा रहि अगाडि बढ्न तरुणहरुलाई अनुराेध गरेका छन,। पालिका सभापति मिनराज भट्टराई ले पार्टिकाे विधि बिधानमा रहि पालिकाभर तरुणदल परिचालन गर्ने बताए।
नेपाली काङ्ग्रेस प्युठानका सहसचिब प्रमाेद पाेख्रेलले दरुणदल बुथ समिति गठन गर्न अनुराेध गर्दै झिमरुक गाउपालिकामा कुनै पार्टि संग डराउनु पर्दैन हामी चुनाबि प्रतिस्पर्धामा छाै प्रत्येक बस्ति बस्तिमा काङ्ग्रेसकाे जनलहर बढेकाे बताए।
स्थानीय सरकार गरिबलाई धनी बनाउने हाे तर सर्बहारा भन्नेहरुले स्थानीय सरकारकाे नेतृत्व गर्दा गरिब झन गरिबिकाे रेखामा परेकाे बताए।काेभिड महामारिमा सरकारले जन्तालाई दु ख दिदा अाफुले सहयाेग गरेकाे बताए सरकारले जन्ता टिप्परमा सिमेन्ट जस्तै काेचेर बाेक्याे हामी बसमा बाेक्याै ।
गएकाे चुनाबमा झिमरुक बाट पराजित भएका पाेख्रेलले चुनाब हारेकाे दिन देखिनै जन्ताकाे मन जित्न सफल भएकाे भेलामा बाेल्ने नेताहरुले बताए।
भेलाकाे अध्यक्ष तरुणदल झिमरुक गाउपालीका सभापति टंक थापा तथा सचिब अनिल जिसिले संचालन गरेकाे भेलामा बाेल्दै निबर्तमान सभापति धर्म बहादुर जि सिले काङ्ग्रेस बिजयि गराउने तरुणदलकाे हातमा रहेकाे बताए अाउने निर्वाचनमा झिमरुक काङ्ग्रेसले स्थानीय सरकारकाे नेतृत्व गर्ने बताए।
भेलाका विशिष्ट अतिथि नेपाल तरुणदलका पुर्ब केन्द्रीय सचिब युवा नेता खिमानसिङ रायमाझीले महामानब बिशेश्वर प्रसाद कैरालाले २०१० कातिक १० गते स्थापना गरेकाे तरुण १६ बर्ष पूरा गरि ४५ बर्ष ननाघेकाे सुझबुझ भएकाे युवा हुने बताए।
अाउने स्थानीय निर्बाचनमा पालिकाभर २०० तरुण परिचालन गरि काङ्ग्रेसलाई बिजयि गराउने बताए।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।