स्कुल बसकाे ठक्करबाट बालककाे मृत्यु

प्यूठान नगरपालिका ४ बिजुवारमा स्कुल बसको ठक्करबाट डेड बर्षिय बालकको मृत्यु भएको छ । प्यू न पा ७ मा सञ्चालित लनिङ्ग ह्यावन बोडिङ्ग स्कुलको बसको ठक्करबाट बालकको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । ईलाका प्रहरी कार्यालय बिजुवार नजिकैबाट कार्किडाँडा तर्फ जाने नयाँ बाटोमा उक्त स्कुलको वसले प्यू न पा ४ का बिकास कार्कीको करिब डेड बर्षिय बालक युनिक कार्कीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बस र बसका चालक प्रहरी नियन्त्रणमा लिईएको प्रहरी स्रोतले जानकारी दिएकोछ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।