स्वर्गद्वारी नगरपालिका काङ्ग्रेस मय बन्दै ।।

स्वर्गद्वारीमा नेकपा एमालेका ३५५ जना कांग्रेसमा प्रवेश
चैत २८,प्युठान (स्वर्गद्वारी)
प्युठानको स्वर्गद्वारी नगरपालिकामा नेकपा एमालेका ३५५ जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सोमबार नेपाली कांग्रेस स्वर्गद्वारीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममार्फत नेकपा एमालेका नगर सचिवालय सदस्य भरत श्रेष्ठ , नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय प्रतिनिधि रवि खनाल , थानेश्वर रेग्मी ,वडा नं ९ का एमाले सचिव रण बहादुर घर्ती मगर सहित ३५५ जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गराएको नेपाली कांग्रेस स्वर्गद्वारीका अध्यक्ष गिर बहादुर घर्तीले जानकारी दिनुभयो।
स्वर्गद्वारी नगरपालिका वडा नं ४ जिमुरपाटामा सोमबार दिउँसो आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोख्रेले उनिहरुलाई पाटि प्रवेश गराउदै स्वागत गर्नु भएको हो। स्वर्गद्वारी नगरपालिका अब काङ्ग्रेस मय बन्ने भन्दै प्रमुख अतिथि पोख्रेलले देशकाे आमूल परिवर्तनको लागि काङ्ग्रेस नै सक्षम हुने बताउनु भयाे । यस्तै कार्यक्रमका बोल्दै उक्त कार्यक्रमका अध्यक्ष तथा नेपाली कांग्रेस स्वर्गद्वारी नगर सभापति गिर वहादुर घर्ती मगरले एमालेले साडे तीन बर्ष देश चलाउदा नेपाललाई ख्रोक्रो पारेको आरोप लगाउनुभयो। स्वर्गद्वारी नगरपालिकाले ३ करोड बराबरको लिफ्ट सोलारको अनुदान आउन लाग्दा सिफारिस नदिएर स्वर्गद्वारीवासि माथी आघात पुराएको अध्यक्ष घर्ती भनाई रहेको थियो। मोटरसाइकल र्याली सहित भिंगृबजार परिक्रमपछि कोणसभामा परिणत भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य काग्रेस नगर सचिव थानेश्वर कालाथोकिले राख्नु भएको थियो भने संन्चालन नगर सचिव टिका भण्डारीले गर्नुभएको थियो।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।