झिमरुकमा गठबन्धन हुन सकेन।

सत्तारुढ तीन दलको झिमरुक गाउँपालिकामा चुनावी तालमेलका विषयमा बसेको अन्तिम बैठक पनि निष्कर्ष विहिन बनेर सकिएको छ । तीन दलबीच सहमती गर्ने भनेर बसेको बैठकमा सहमती जुट्न नसकेपछि मित्रबत व्यवहार गरी चुनाव लड्ने सहमती भएको छ ।
नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका नेताहरुले बैठकमा सहमती निकाल्न नसकेपछि आ—आफ्नै तरिकाले चुनावी प्रतिस्पर्धा गर्ने निर्णय निकालेका हुन् । बैठक विहिवार मच्छिमा बसेको थियो । तीन दलबीच दर्जनौपटक बैठक बसेका थिए ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले यस अघि नै राजमोसित चुनावी तालमेल नगर्ने निर्णय गरिसकेको थियो । तर, केन्द्रबाट दबाव आएपछि पूनः तालमेल गर्ने विषयमा बैठक बसेको हो । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले कांग्रेस र माओवादीका नेताहरुसँग आग्रह गरेपछि केन्द्रले दबाव दिएको माओवादीका एक नेताले बताए । केन्द्रको निर्णयले स्थानीयको भावना समेट्न नसक्ने भएपछि स्थानीय आवश्यकता अनुसार निर्णय गरिएको नेताहरुले प्रतिक्रिया दिए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।