झिमरुकका तीन परीक्षा केन्द्रमा २१ जना बिधार्थि अनुपस्थित

झिमरुकका तीन परीक्षा केन्द्रमा २१ जना अनुपस्थित
बिमल प्रसाद पाेख्रेल
बैशाख ९ झिमरुक
बाल शिक्षा माध्यमिक बिधालय झिमरुक गाउपालिका ५ मच्छिमा सान्त बाताबरणमा एस ई ई परीक्षा २०७९ सुरु भएकाे छ।झिमरुक गाउपालिका परिक्षाकेन्द्रमा एस ई ई परिक्षा दिनकाे लागि १३ बिधालय का ६१९ जना बिध्यार्थिले अाबेदन दिएकाेमा २१ जना अनुपस्थित रहेकाेले ५५८ जनाले परीक्षा दिईरहेका छन।
चिरायु माबि चिसावाङ,मर्काबाङ मा बि मर्काबाङ,प्रभात मा बि अाहालखाेला,सत्य मा बि तुसरा,लक्ष्मि मा बि बाङ्गेमराेड,सर्बाेदय मा बि गडेरपानि,जन्ता मा बि टिमुरचाैर गरि जम्मा सातअाेटा बिधालयकाे केन्द्र रहेकाे बाल शिक्षा मा बि मच्छिकाे केन्द्रमा छात्रा १५४ छात्र १२९ गरि जम्मा २८३ जना बिधार्थि परिक्षामा सामेल भएका छन।अाज परिक्षाकाे पहिलाे दिन अङ्ग्रेजी बिषय चलिरहेकाे छ छात्रा ४ र छात्र २ गरि ६ जना बिधार्थि अनुपस्थित भएकाे बालशिक्षा मा बि का प्र . अ . तथा केन्द्राध्यक्ष रिषिराम पाेख्रेलले बताउनु भयाे।
त्यस्तै लक्ष्मि मा बि बाङ्गेमराेडमा छात्र ५८ छात्रा ९० जना र एक जना ग्रेड बृद्विकाे गरि जम्मा १४९ जना परिक्षामा सामेल भएका छन भने छात्र २ छात्रा ३ गरि ५ जना बिधार्थि परिक्षामा अनुपस्थित रहेका छन ।
लक्ष्मि मा बि केन्द्र मा बालशिक्षा मा बि,गाैमुखि बार्डिङ स्कुल मच्छि र अमरसिंह मा बि साैतामारे ,जन्ता मा बि लुक्का गरि चार बिधालयका बिधार्थिहरुले परीक्षा दिईरहेकाे लक्ष्मि मा बि परीक्षा केन्द्रका केन्द्राध्यक्ष कर्ण जि सिले बताउनु भयाे।
बलभद्र मा बि बादिकाेट,गाैमुखि मा बि ठुलाबेशि का छात्रा ८० छमत्र ८६ जना बिध्यार्थि परिक्षामा प्रभात मा बि अाहालखाेला परीक्षा केन्द्रमा सामेल भएका छन ।प्रभात मा बि केन्द्रमा छात्रा ५ र छात्र ५ गरि जना बिधार्थि परिक्षामा अनुपस्थित रहेकाे परीक्षा केन्द्र अाहालखाेलाका केन्द्राध्यक्ष खाेडस के सि ले जानकारी गराउनु भयाे।
झिमरुक गाउपालिकामा तीन अाेटा केन्द्रमा गरि २१ जना बिधार्थि परिक्षामा अनुपस्थित रहेका छन।।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।