माैनअबधिमा सरुमारानिमा झडप चार घाईते

 जिल्लाको सरुमारानी गाउपालिकामा फेरी झगडा भएको छ । बुधबार आज सरुमारानी गाउपालिका वडा नं. ३ को हंसपुमा भएको झगडामा परि ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएका छ । जिल्ला प्रहरी कार्यालय प्यूठानको अनुसार झगडामा परि एमाले कार्यकर्ता भुबनसिह लामटारी ,टेक बहादुर मस्र्याङदि मगर र सङकर बिक सामान्य घाइते भएका छन । त्यस्तै गठबन्धनका रमेश राना पनि घाइते भएका छन । रानालाई एमालेका कार्यकर्ताले फलामको रडले प्रहार गरि घाइते बनाएको गठबन्धन दलका एक नेताले बताएका छन । रानालाई थप उपचारको लागी बुटवल रेफर गरिएको छ । मौन अबधिको बेला पनि नेकपा एमालेका कार्यकर्ता घरघरमा पैसा बाडन जादा दुइ दलविच झगडा भएको गठबन्धन दलले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
घाइतेलाई उपचारको लागी अस्पताल लगिएको छ । यस अघि बैशाख २१ गते पनि झगडा हुदा गठबन्धनका ४ जना घाइते भएका थिए

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।