प्युठानमा चट्याङ लागेर घाइते भएका दुई बालकको उपचारको क्रममा मृत्यु

स्मृति घर्ति मगर प्युठान , प्युठानमा चट्याङ लागी घाइते भएका दुई बालकको उपचारको क्रममा मृत्यु भएको छ। सोमबार राति परेकाे चट्याङ लागेर घाइते भएका ऐरावती गाउँपालिका-६ बिजुलीकाेटका दुई बालकको मृत्यु भयकाे हो।
चट्याङ लागेर घाइते भएका दुवै बालकलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएकाे र उनीहरूकाे उपचारकै क्रममा मृत्यु भएकाे जिल्ला अस्पताल प्यूठानलाई उद्दृत गर्दै ऐरावती गाउँपालिका अध्यक्ष नबिलविक्रम शाहले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा ऐरावती गाउँपालिका -६ का ७ वर्षीय राेमन परियार र १२ वर्षीय किरण परियार रहेका छन् । चट्याङ लागेर ऐरावतीकाे वडा न-६ का ६ जना र वडा नं-१ का ४ जना घाइते छन् । उनीहरूकाे जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचार भैरहेको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।