गठबन्धनले चुनाव जितिसक्यो घोषणा मात्रै बाँकी:- कांग्रेस नेता भण्डारी

प्युठान,  नेपाली कांग्रेस प्युठानका नेता अमर प्रसाद भण्डारीले पाँच दलिय गठवन्धनले प्यूठानमा निर्वाचन जीति सकेको बताएका छन । गठबन्धन दलले विहिवार नौबहीनी गउपालिका ६ लुङ्गमा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै भण्डारीले औपचारीक प्रक्रियाका लागि मात्रै मंसिर ४ पर्खनु पर्ने अवस्था रहेको बताए ।
यो चुनाव प्रतिगमन र अग्रगमनको लडाई भएकोले देशभर प्रतिगामी एमालेको पराजय र अग्रगामी शक्ति पाँच दलिय गठबन्धनको विजय सुनिश्चीत रहेको उनको भनाई थियो । “यसै पनि हामी चुनाव जीति सकेका छौ । फेरी यहाँहरुलाइ लाग्ला चुनावमा यति धेरै मत छ किन गाउँगाउँ डुलेको ? हामी जीतको खुसी बाढ्न हिडेको हो”,उनले भने ।
राजावादी शक्तिहरुको साँठगाँठमा एमाले चुनावी अभियानमा रहेकोले पनि एमाले प्रतिगामी शक्ति भएको स्पष्ट हुने उनले बताए । चुनाव छिमेकीका कारणले गर्ने नभएर विचारलाइ जोगाउन र गलत प्रवृत्तिलाइ परास्त गर्न हुने भएकोले आफन्तवाट माथी उठ्दै मतदान गर्न मतदातालाइ आग्रह गरे ।
कार्यक्रममा गठवन्धन दलका प्रतिनिधि सभाका उम्मेदवार दुर्गा पौडेल, प्रदेश सभाका उम्मेदवार सरोज थापा(रोज राणा), नेकपा माओवादी केन्द्रका प्यूठान इन्चार्ज नारायण अधिकारी, नेपाली कांग्रेसका पूर्व सचिव शिव रिजाल, राष्ट्रिय जनमोर्चाका नेता राम पहाडी, नेपाली कांग्रेसका समानुपातीक उम्मेदवार धनालक्ष्मी श्रेष्ठले सम्वोधन गरेका थिए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।