प्रतिनिधिसभा सदस्यको मतपत्र नदिएर प्रदेश सभा सदस्यको मतपत्र दिएपछि विवाद

प्युठान : प्युठान नगरपालिका ८ स्थित बालज्योती प्रावि मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रतिनिधिसभा सदस्यको मतपत्र नदिएर प्रदेश सभा सदस्यको मतपत्र दिएपछि विवाद भएको छ।अहिले मतदान रोकिएको छ । कर्मचारीले ४६ वटा प्रतिनिधिसभाका मतपत्र दिएका छैनन् ।यो प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ हो । यहाँ  गठबन्धनबाट काङ्ग्रेसका सरोज थापा (रोज राणा) र एमालेबाट हरि रिजाल उम्मेदवार छन । विवादपछि छलफल चलिरहेको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।