प्यूठानमा ३७ प्रतिशत मत खस्यो

प्यूठानमा दिउँसो २:३० बजेसम्म ३७ प्रतिशत मत खसेको छ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार दिउँसो २:३० बजेसम्म यहाँ ३६.३७ प्रतिशत मतदान भएको हो ।

कुल २ सय २३ वटा मतदान केन्द्र रहेको प्युठानमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कुल १ लाख ५९ हजार ७६० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ । यसपटक मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छैन ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।