प्यूठानमा ५५ प्रतिशत मत खस्यो, भोलीबाट गणना हुने

प्युठान,  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्युठानमा ५५ प्रतिशत मत खसेको छ । यहाँका २ सय २३ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको हो ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानमा ५५.११ प्रतिशत मत खसेको प्यूठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिईन।
यहाँ कुल १ लाख ५९ हजार ७ सय ६० मतदाता रहेकोमा ३७ हजार ९ सय ६१ पुरुष र ५० हजार ८६ महिला गरि जम्मा ८८ हजार ४७ जनाले मतदान गरेको प्रजिअ नेपालले बताईन ।
उनले भनिन, ‘ हामीले मतदानको प्रक्रिया टुंग्याएर मतपेटिका संकलनको काम थालेका छौँ ।’
उनकाअनुसार मतदान केन्द्रहरूबाट मत पेटिका संकलन गरेर मतगणनास्थलमा ल्याउने क्रम सुरु भएको छ ।
रातीसम्म सबै मतदान केन्द्रबाट मतपेटिका आईपुग्ने बताउदै भोलीबाट मतगणना सुरु गर्ने तयारी गरिएको प्रजिअ नेपालले जानकारी गराईन ।
जिल्ला समनव्य समितीको कार्यालय खलङ्गा प्युठानमा मतगणना हुनेछ।

facebook sharing button
twitter sharing button
सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।