झिमरुक गाउपालिकाले आफ्नै पाठ्यक्रम निर्माण गरी लागू गर्ने

झिमरुक गाउपालिकाले आफ्नै पाठ्यक्रम निर्माण गरी लागू गर्ने
बिमल प्रसाद पाेख्रेल
जेठ ३ प्युठान
स्थानीय आवश्यकताका आधारमा स्थानीय परिवेश अनुकुलका बिषय बस्तुहरु समाबेश गरि प्युठानकाे झिमरुक गाउपालिकाले स्थानिय पाठ्यक्रम निमार्ण गरि आगमि शैक्षिक सत्रबाट कक्षा एक देखि कक्षा आठसम्म लागू गर्नकालागि बृहत गाेष्ठि आयाेजना गरेकाे हाे।
स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका सदस्य बालाराम पोख्रेलले अन्य स्थानीय तहको पाठ्यक्रम र स्थानीय आवश्यकताको पहिचान र गहन अनुसन्धान गरि तयार गरिएको बताए ।
शिक्षा बिकास तथा समन्वय इकाइ प्युठानका प्रमुख शिबराज पण्डितलेपाठ्यक्रम उपयोगी र असल कुराहरुको उजागर गर्ने र बिकृतिको निरुत्साहित गर्नुपर्ने बताए ।
पन्डितले समय ,ऋण र क्यालेन्डर हेरेर बिद्यालय जाने शिक्षकले रुचिकर तरिकाले विद्यार्थीलाई सिकाइ उपलब्धि दिन नसक्ने उनको तर्क राखे। स्थानीय कला सस्कृती भेषभुसा पौराणिक मठ मन्दिर आदिलाई समाबेश गरेर पाठ्यक्रम तयार हुनेछ उनले भने
विभिन्न बिषयगत ग्रुप बनाई आएका महत्त्वपूर्ण सुझाव ग्रहण गर्ने गरि ग्रुप बिभाजन गरिएकाे शिक्षा शाखा प्रमुख माेहन बुढा क्षेत्रिले बताउए।
धेरै स्थानीय तहको स्थानीय पाठ्यक्रम अध्यन गरेका थियौ । यो गोष्ठीमा पनि महत्त्वपूर्ण सुझाव आएको छ । सल्लाह सुझाव ग्रहण गर्ने छौ ।
निवर्तमान गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले सबैको सक्रिय सहभागिता भएको भन्दै स्थानीय पाठ्यक्रम झिमरुकमा सुहाउँदो हुनुपर्ने बताए । विद्यार्थीको स्थर अनुसारको पाठ्यक्रम तयार गर्न निकै अफ्ट्यारो छ । उनले भने, “पाठ्यक्रमको स्तरिकरन गर्नुपर्ने बताए । पाठ्यक्रम बनाउने कुरो ठूलो होइन बिषयबस्तुमा बुझ्ने खालको हुनुपर्छ ।
शिक्षा सीप रोजगार र प्रयोग मुखी शिक्षालाई प्राथमिकता दिन सुझाए । शिक्षा भनेको जीवन र जगत बुझ्ने अस्त्र हो ।
परम्परागत शिक्षा लाई भन्दा आयमुलक तथा आधुनिक प्रबिधि शिपको प्रयोगमा अगाडी बढाउन ब्यवहारिक शिक्षामा जोड दिएर लागुगर्न सुझाए ।
गाउपालिका उपाधङ प्रमोद पोख्रेलले हाम्रो झिमरुक राम्रो झिमरुक बनाउने गरि अगाडि बडनुपर्ने बताएका छन । जल जमिन जङ्गल लाई महत्व दिएर पाठ्यक्रम निर्माण हुनुपर्छ । उनले भने,” स्थानीय स्रोत साधनको उचित प्रयोग गरेर पाठ्यक्रम बनाउन लाग्नुपर्ने उनको भनाइ छ ।झिमरुककाे पाठ्यक्रम जिल्ला लगाएत पालिलिकाको लागिपनी कामलाग्ने गरि पाठ्यक्रम बनाउन सबैको सहयोग आवश्यकता रहेको पाेख्रेलले बताए । सुझावको आधारमा पाठ्यक्रमको ड्राफ्ट लाई अन्तिम रुप दिने उनको भनाइ छ ।
एक फरक प्रसङ्गमा उपाध्यक्ष पोख्रेलले भने स्थानीय स्तरमा निर्माण हुने योजनाको काम गुणस्तरीय हुनुपर्ने बताए । उनले भने, ” निर्माणाधीन योजनाको सबैले चासो दिन आग्रह गरे ।दिगो बिकासको लागि सबै लाग्नुपर्ने बताए ।
झिमरुक गाउपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले
शिक्षाको बिकास बिना अन्य बिकास सम्भव नहुने भन्दै शिक्षामा सबैको सहकार्य आवश्यक रहेको बताए । अध्यक्ष एमसीले भने,” शिक्षाको बिकास र शैक्षिक गुणस्तर कामय गर्न सबै लाग्नुपर्छ ।” झिमरुकको समृद्धिको लागि हामिले निर्माण गर्ने शिक्षा निति र पाठ्यक्रममा भरपर्ने भएकोले त्यस तर्फ सुझबुझका साथ लाग्नुपर्ने एम सिले बताए । राजनीतिबाट माथी उठेर सबै जनप्रतिनिधि जनताको पक्षमा काम गर्नुपर्ने धारणा छ । यो कार्यशालाले झिमरुकको समृद्धि र शिक्षामा आमूल परिवर्तन ल्याउन सक्ने खालको बनाउन परेत्न गर्ने बताए ।
कार्यान्वयनमा आएका योजना तथा कार्यक्रम समय सिमा भित्र सम्पन्न गर्न कर्मचारी जनप्रतिनिधि उपभोक्ता समिती फिल्डमा खट्नुपर्ने बताए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।