स्वर्गद्धारी नगरपालिकामा गोल २ र प्रक्र्याभ परियोजनाको सार्वजनिक सुनुवाई तथा पालिका स्तरीय परियोजना समितीको बैठक सम्पन्न

बबिता रिजाल , प्युठान ।
असार ५

फुलबारी एकिकृत ग्रामीण विकास संस्था नेपाल , कृषि तथा जिविको पार्जन प्रर्वद्धन गोल २ परियोजना र कोभिड १९ बाट प्रभावित संकटासन्न व्यक्तिहरुको आर्थिक उत्थानशिलता प्रर्वद्धन (प्रक्याभ) परियोजनाको स्वर्गद्धारी नगरपालिका स्तरिय अनुगमन तथा सल्लाहाकार समितिको बैठक तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

 

स्वर्गद्धारी नगरपालिकाको उपप्रमुख मिनराज राना मगरको अध्यक्षतामा सम्पन्न भएको हो। स्वर्गद्धारी नगरपालिमा अर्थिक बर्ष २०७९–०८० मा गोल २ बाट सम्पन्न भएका योजनाहरुको बारेमा गोल २ स्वर्गद्धारी नगरपालिकाका संयोजक मोहन सुबेदीले र प्रक्र्याभ बाट सञ्चालन तथा सम्पन्न भएका योजनाहरुको बारेमा प्रक्र्याभका जिल्ला संयोजक मनोज विक्रम सिंहले जानकारी दिनुभएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि स्वर्गद्धारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारी हुनुहुन्थ्यो ।

फुलबारी एकिकृत ग्रामीण विकास संस्था नेपालका अध्यक्ष छन्द बहादुर बस्नेत , संस्थाकै महा सचिव निर्मला पोख्रेल , स्वर्गद्धारी नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत तुल्सीराम गैरे , नगर प्रवक्ता सुरज संगम सुनार , स्वर्गद्धारी नगरपालिका वडा नं १ देखी ९ सम्मका वडा अध्यक्ष , विभिन्न विषयगत शाखाका शाखा प्रमुखहरु , कार्यपालिका सदस्यहरु , विभिन्न संघ संस्थाका प्रतिनिधिहरु , पत्रकार , सुरक्षाकर्मीहरुको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन फुलबारी एकिकृत ग्रामीण विकास संस्था नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले गर्नुभएको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।