स्वर्गद्वारीमा पिडितकाे घरमै पुगेर राहत वितरण

असार १३ , प्युठान ।

स्वर्गद्धारी नगरपालिकाले आगलागि पिडितलाई राहत वितरण गरेको छ । स्वर्गद्धारी नगरपालिका वडा नं १ कोचिवाङ रुम निवासी आगलागी पिडित बल बहादुर घर्ति मगरलाई राहत वितरण गरिएको नगर प्रवक्ता सुरज संगम सुनारले जानकारी दिनुभयो ।

असार १३ गते बुधवार पिडितको घर सम्मै पुगेर स्वर्गद्धारी नगरपालिकाका नगर उपप्रमुख मिनराज राना मगर , प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम गैरे , नगर प्रवक्ता सुरज संगम सुनार , वडा नं १ का वडा अध्यक्ष मेघराज वि.सी. , नगरपालिकाका इन्जीनियर मानस थापा , नगर वडा नं. १ का वडा सदस्यहरु तथा गाउँबासीहरुको उपस्थितिमा नगर उपप्रमुख मिनराज राना मगरले पिडित मगरलाई राहत हस्तान्तरण गर्नुभएको पनि उहाँले बताउनु भयो ।

नगरपालिकाको कार्यविधि अनुसार घर गोठको लागि १५ हजार रुपैया , बाख्रा र गोरुको लागि १५ हजार ५ सय रुपैयाँ गरि ३० हजार ५ सय रुपैया र जिल्ला प्रशासन कार्यालय प्युठानको तर्फबाट १५ हजार रुपैया गरि जम्मा ४५ हजार ५ सय रुपैयाँ नगद तथा खाद्यान्नमा ५० के.जी. चामल , ५ के.जी. दाल , १ पेटि तेल , १ के.जी. नुन र ५ वटा दाम्ला वितरण गरिएको प्रवक्ता सुनारले जानकारी दिनुभयो ।

राहत हस्तान्तरण गदै नगर उपप्रमुख मिनराज राना मगरले सरकार नागरीकको अभिभावक सरह हुने भएकाले सहयोग गर्नु नगरपालिकाको कर्तव्य भएको र यसले पिडितलाइ केही हदसम्म भएपनि राहत हुने बताउनु भयो । यस्तै खाद्यन्न तथा राहत रकम बुझ्दै पिडित बल बहादुर घर्तिले आफुलाई स्थानिय सरकार भएर भएजस्तो महशुस भएको बताउनुभयो ।

बल बहादुरको असार १ गते हावाहुरीका कारण आगो घरमा सल्किदा घर र गोठमा क्षति पुर्‍याएको थियो । आगलागि पछि घर्तिको परिवार आफन्तको घरमा बस्दै आएका थिए । अहिले नगरपालिकाले जस्ता पाता उपलब्ध गराएपछि घरको मर्मत गरी सोहि घरमा बस्न थालेका छन् । आगलागीबाट घर्तिकाे घर भित्रका खाद्यान्न , लत्ताकपडा लगाएतका सामान जलेर नष्ट भएका भएका थिए । साथै २ वटा खसी र एउटा बोका सहित २३ वटा बाख्रा र ४ वटा गोरु जलेर मेरेका थिए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।