नेविसंघ बुटवल बहुमुखी क्याम्पसका कार्यवाहक सभापति खनालले वृद्धा आश्रममा मनाए जन्मदिन

नेपाल बिद्यार्थी संघ (नेविसंघ)बुटवल बहुमुखी क्याम्पस कार्यबाहक सभापती कृष्ण खनालले आफ्नो जन्मदिनमा बृद्धआश्रममा सहयोग गरेका छन।

जन्मदिनमा हुने खर्चको रकमले खनालले बुटवल २ मा रहेको श्री नवदुर्गा सिद्धबाबा बृद्धआश्रममा फलफुल तथा खाद्यान्न बितरण गरेका हुन।
सहयोग कार्यक्रममा बोल्दै बुटवल बहुमुखी क्याम्पस प्राध्यापक संघका उपसभापती प्रेम पौडेलले जन्मदिनमा हुने फजुल खर्चलाई जोगाएर आश्रममा सहयोग गर्नु प्रसंशनिय कार्य भएको भन्दै यसबाट अरुले पनि सिको गर्नुपर्ने बताए।
चलचित्र लेखक तथा निर्देशक बाबुराम घिमिरेको जन्मदिनको शुभकामना दिदै आगामी दिनमा पनि सामाजिक कार्य गर्दै जान आग्रह गरे।
कार्यक्रममा चलचित्र लेखक तथा निर्देशक सान्ताराम गिरि, छायांकार मनिस पन्त, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश प्रतिनिधि प्रदिप घर्ती मगर, नेपाली काङ्ग्रेस क्षेत्रीय प्रतिनिधि सन्दिप पुन, नेविसंघ रूपन्देही जिल्ला सदस्य बिस्नु खनाल, सागर पन्थि ,मन्दिप सिह खाती, सम्झना पंगेनी, हरि घिमिरे , गुल्मी क्षेत्रिय सदस्य बिकास टण्डन, चलचित्र द्वन्द्व निर्देशक कर्ण तुलाचन, कलाकरहरु प्रसाद सुवेदी, कमल गुरुङ लगायत रुपन्देहीका बिभिन्न क्याम्पसमा अध्ययनरत थुप्रै नेविसंघ प्रति आस्था राख्ने विधार्थीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रमको सञ्चालन नेविसंघ बुटवल बहुमुखी क्याम्पस ईकाइ सचिव प्रदिप घर्ती मगरले गरेका थिए।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।