सानाे ट्याक्टर नामले परीचित, डेगबहादुर उपचारका लागि सहयाेग माग्दै
सानाे ट्याक्टर नामले चिनिने डेगबहादुर उपचारका लागि सहयाेग माग्दै।
बिमल प्रसाद पाेख्रेल
साउन १५ प्युठान
झिमरुक गाउँपालिका ५ ओखरकाेट निवासि डेक बहादुर केसि उपचारका लागि बेडमा सुत्ने अबस्थामा सहयाेग माग्दै हिडिरहेका छन ।जवानिमा ३ सय किलाे बाेक्न सक्ने सानो ट्रयाक्टर नामले परिचित डेक बहादुर अहिले उमेरले ६७ बर्षकाे पुगेका छन ।उनले गरिविका कारण आफ्नाे उपचार गर्न समस्या भएकाे बताउदै पिशाब थैलि झुन्डाएर लठ्ठी टेकेर गाउदेखि बजारसम्म सहयाेग माग्दै हिडेका छन।
उनकाे उपचारका लागि तीन लाख जति लाग्ने उनी बताउछन डेग बहादुरलाइ सहयाेग गर्न चाहाने सहयाेगि मनका धनि आफन्तजन ,ईष्ट्रमित्रहरुलाईलाई आग्रह गरेका छन।उनले DEG BDR K.C नाममा राष्ट्रिय बाणिज्य बैक बिजुवार शाखामा खाता खाेलि खाता नम्बर ४४३०१००००५२२२०१० सार्वजनिक गरेका छन।
गाउमा उनलाई सानो ट्रयाक्टर भनेर बाेलाउने र चिनिने उनले हजारौं ब्यक्तिका भरिया बनेका थिए उनले जवानीमा ३ क्विन्टल भारवहन सजिलै बोक्न सक्थे । आफैमा बिरामि उनि पिडामाथि थप पीडा बाेकेर सहयाेग गाग्दै छन ।जवानिका पाैरखि बिपन्न डेग बहादुरलाई बचाउन सबैले हातेमालाे गर्नु पर्ने झिमरुक गाउपालिका उपाध्यक्ष प्रमाेद पाेख्रेल बताउनछन।
झिमरुक गाउपालिकाबाट उपचारका लागि आर्थिक साहेता स्वरुप १० हजार दिने तर अहिले पालिकाका खाता बन्द छन् खाता सुचारु भएपछि रकम खातामा जाने उपाध्यक्ष प्रमाेद पाेख्रेलले जानकारी दिएछन।