अन्तर बिधालय स्तरीय रनिङशिल्डमा मुक्ति मा. बि . प्रथम
फागुन ३ प्यूठान
प्युठान । प्यूठान नगरपालिकाकाे आयाेजनामा फागुन एक गते देखि सुरुभएकाे अन्तर बिधालय स्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएकाे छ।
लगातार तीन दिनसम्म गणातानणत्रिक खेलमैदान बिजुवारमा संचालित रनिङशिल्ड प्रतियोगिताकाे उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री राेज राणाले फागुन एक गते उद्घाटन गर्नु भएकाे थियाे।
प्यूठान नगरपालिकाकाे अन्तर बिधालय स्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड मुक्ति माध्यमिक बिधालयले जित्न सफल भएकाे छ।
मुक्ति माध्यमिक बिधालयले २४ स्वर्ण ,६ रजत ५, कास्य गरि कुल ३५ पदक ल्याई प्रथम स्थान हासिल गर्न सफल भएकाे थियाे।
रनिङशिल्ड प्रतियोगितामा ९ स्वर्ण,१३ रजत,१३ कास्य गरि कुल ३५ पदक ल्याउन सफल भएकाे जनता माध्यमिक बिधालय बाग्दुला द्वितीय भएकाे छ।
७ स्वर्ण ,४ रजत,७ कास्य गरी कुल १८ पदक लिएर बालबिधा माध्यमिक बिधालय मजुवा तृतीय हुन सफल भएकाे हाे।
प्यूठान नगरपालिका भित्र रहेका १२ सामुदायिक र ४ संस्थागत गरी १६ बिधालय सहभागी भएकाे प्रतियोगितामा ५५ संवरण,५४ रजत,५३ कास्य गरी कुल १६२ पदकमा प्रतिस्पर्धा रहेकाे थियाे।
खेलमा बिजेता खेलाडिहरुलाई प्यूठान नगरपालिकाका नगरप्रमुख बिष्णुबहादुर याेगि र प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भन्डारीले मेडल ,प्रमाणपत्र र ट्राेफि प्रदान गर्नु भएकाे थियाे।
बिजेता खेलाडीलाई शुभकामना दिदै प्रमुख प्रशासकीय अधिकृत भन्डारीले खेलमा अहाेरात्र खटेर प्रतियोगिता सम्पन्न गर्ने सबैलाई धन्यवाद दिदै बिजेता खेलाडिहरुलाई अब जिल्लामा सहभागी हुन जमनकाे लागि एक हप्ता बन्द प्रशिक्षण आयाेजना गरिने बताउनु भयाे।
कार्यक्रम समापन गर्दै नगर प्रमुख याेगिले अत्यन्तै स्वभाद्रपुर्ण तरिकाबाट अनुशासित र उकृष्ट विभिन्न बिधाका खेल समयमै सम्पन्न गराउन खटिने खेल प्रशिक्षक,खेलाडि,सहभागी बिधालयहरुलाई नगरपालिकाकाे तर्फबाट हार्दिक आभार प्रकट गर्नु भएकाे थियाे।
याेगिले बिजेता बिधालय तथा खेलाडीहरुलाई शुभकामना दिदै आगमि दिनमा हुने जिल्ला स्तरिय खेलमा सबै बिधामा उत्कृष्ट स्थान ल्याउने गरी खेल प्रदशनका लागि लाग्न खेलाडिहरुलाई अनुराेध गर्नु भएकाे थियाे।