त्रिशूलीमा बस खस्दा आठजनाकाे घटनास्थलमै मृत्यु

काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान पृथ्वी राजमार्गको गजुरी नजिकै त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख गौतम मिश्रका अनुसार अहिलेसम्म आठ जनाको शव निकालिएको छ । साथै १७ जनाको जीवितै उद्धार गरिएको मिश्रले जानकारी दिनुभयो ।

बस दुर्घटनाका घाइते सबैलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन नभएकाले विस्तृत विवरण आउन बाँकी रहेको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।