कालिका बिकास केन्द्रले गर्याे सार्वजनिक स्थलकाे सरसफाइ ।

कालिका बिकास केन्द्र नेपालको आयोजनामा सामाजिक दिवसको अवसर पारी प्युठान बिजुवारका सार्वजनिक स्थलहरुमा सरसफाइ कार्यक्रम सम्पन भएकाे छ ।
संथाका अध्यक्ष सनत श्रेष्ठको नेतृत्वमा संथाका अन्य पदाधिकारीहरु , प्युठान नगरपालिका वडा नम्बर चारका जनप्रतिनिधि ,सुरक्षाकर्मि ,सामाजिक ब्याक्तित्वहरु र बजार बासिकाे उपस्थितिमा सरसफाइ गरीएकाे हाे।

मठमन्दिर ,चाैपारी ,प्रतिक्षालय ,पिउने पानिका मुहान तथा धाराहरु,गाेरेटा घाेरेटा सडक लगाएत सार्वजनिक स्थलहरु सबैले चासाे दिएर सरसफाइ गरी संरक्षण गर्नुपर्दछ याे एक दिन गरेर हुदैन दैनिकरुपमा आफुले जहाँ जति सकिन्छ फुर्सदकाे समयमा सामाजिक कार्यमा संलग्न भएर यस्ता कार्यहरु गर्नु मानव धर्म हुने अध्यक्ष श्रेष्ठले बताए।


बिजुवार बजार स्थित मित्रमणिचाेक,कालिका मन्दिर,भैरबथान मन्दिर परिसरमा रहेका झाडि सफाई गरिएको हाे।बिकास निर्माण संगै जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएकाे संथाले विभिन्न सामाजिक कार्यमा जिल्लामै अग्रसर रहेर कार्य गरेकाे संथाका सचिब अनिल कुमार श्रेष्ठले बताए।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।