बर्दियाबाट काठमान्डौ जादै गरेको वस दाङमा दुर्घटना हुँदा २ जनाको मृत्यु

बर्दियाबाट काठमान्डौ जादै गरेको वस दाङमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बर्दियाको शान्तिवजार बाट काठमान्डौ जादै गरेको कृष्णसार यातायात प्रालिको प्रदेश ३ ०१ ००५ ख ९७१९ नम्वरको वस दाङको लमहि नगरपाकिला ९ स्थित रिहार नजिकै दुर्घटनामा परको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा बर्दिया गेरवा गाँउपालिका १ का ३६ वर्षिय भिमनाथ योगी र ठेगाना खुल्न बाँकि रहेका युवराज चौधरीको मुत्यु भएको दाङका प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले बताउनु भयो । दुर्घटनाको कारण खुल्न बाँकि रहको छ । प्रारम्भिक अनुसार चालक निदाएका कारण वस पहाड संग ठोकीएको थियो । चालक सामान्य घाइते भएका छन भने वसमा रहेका अन्य यात्रु सकुसल रहेको प्रहरीको भनाई रहेको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।