स्थानीयतहले सहकार्य गरेर गाडि संचालनमा ल्याउन प्रालिहरु काे अनुराेध

स्थानीयतहले सहकार्य गरेर गाडि संचालनमा ल्याउन प्रालिहरु काे अनुराेध
माघ ८ प्युठान
प्युठान जिल्लामा रहेका यातायात ब्यवसायिहरुले जिल्लामा सवारी साधन संचालन गर्नु परेमा वा अन्तर जिल्ला सवारी यातायात सेवा सुचारु गर्नु परेमा स्थानीय तहले जिल्ला स्थित यातायात सेवा प्रा लि संग सहकार्य गर्न अनुराेध गरेका छन।


स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रालिका प्रबन्धक चन्द्रमान श्रेष्ठले “स्थानियतहका प्रमुख उपप्रमुख संग हामीले छलफल गरेका छाै जनताकाे गुनासो अनुसार स्थानीयले माग गरेमा यातायात संचालन गर्न तयार छाै” जिल्लामा रहेका ब्यबसायि संग सहकार्य नगरी फरक जिल्लाका यातायात ब्यबसायिलाई स्थानीय सरकारले प्राेत्साहन गर्दा जिल्लाका यातायात ब्यवसायि मर्कामा परेकाे श्रेष्ठले बताउनु भयाे।
प्युठान जिल्लाका यातायात ब्यवसायिले जिल्ला भित्र सडककाे पहुच पुगेकाे सबै स्थानमा जनताकाे माग र चाप अनुसार संचालन गरेका छाै। । नेपालगन्ज ,काठमाडौं ,महेन्द्रनगर ,कृष्णनगर,चितवन लगाएत दर्जनाै जिल्लाहरुमा र भारतकाे विभिन्न ठाउहरुमा यातायात निरन्तर संचालन गरेकाे श्रेष्ठले बताउनु भयाे।
नमस्ते प्युठान यातायात प्रा लि का महासचिव मुकेश थापाले अहिले आफुहरुसंग ग्रामीण क्षेत्रमा संचालन गर्ने गाडिहरु प्रयाप्त नभएकाेले स्थानियकाे माग अनुसार बैसाख देखि स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा लि र नमस्ते प्युठान यातायात सेवा प्रालिकाे संयुक्त बैठक बसि साझेदारीमा रुढ परिवर्तन गरी यातायात संचालनमा ल्याउने बताउनु भयाे।
कतिपय स्थानीय तहले जिल्लाका ब्यवसायिहरुलाई लत्याउदै आफुखुसि निर्णय गरेर बाहिरी जिल्लाका यातायात संचालनमा ल्याउनु घाेर आपत्ति रहेकाे ब्यवसायिहरुले बताएका छन।।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।