तीन चर्चित मेयरले गरे राष्ट्रिय सभा निर्वाचन बहिष्कार ।

तीन चर्चित मेयरले राष्ट्रिय सभा सदस्यको निर्वाचन बहिष्कार गरेका छन् ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपाल हमालले मतदान नगरेका हुन् ।
निर्वाचनका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो। तर, स्वतन्त्र जितेका तीन मेयरले भोट हालेनन् ।
कार्यव्यस्तताको कारणले भोट नहालेको उनीहरूले बताएका छन् ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।