राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे अन्तिम तयारीमा प्युठान नगरपालिका

निर्मला मगर

माघ १५ प्युठान
प्युठान नगर पालिका स्तरिय चाैथाे  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता   २०८० सम्पन गराउन  प्युठान नगरपालिकाकाे ब्यबस्थापन तथा निर्देसक समितिकाे बैठक आईतवार बिहान सम्पन्न भएकाे छ।


नगर प्रमुख बिष्णु बहादुर याेगिकाे अध्यक्षतामा नगरपालिकाकाे भित्रिकाेट हलमा बैठक सम्पन भएकाे छ।बैठकमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका अनुसार ब्यबस्थापन तथा निर्देशक समितिका पदाधिकारीहरुकाे उपस्थित रहेकाे थियाे।
बैठकले यहि माघ १९ ,२० र २१ गते गणतान्त्रिक खेलमैदान बिजुवारमा सन्चालन गरिने खेलमा ११ओटा सामुदायिक र ३ ओटा संथागत गरि १४  बिधालयका खेलाडी  सहभागी हुनेछन् ।
खेल संचालनलाई मर्यादित बनाउन खेल प्राबिधिक समिति,खेल ब्यबस्थापन समिति गठन गरिएकाे छ ।बिगतका बर्षहरुमा भएकाे खेलकुदकाे समीक्षा गर्दा यस बर्ष हुने खेलकुदकाे सबै तयारी अन्तिम चरणमा पुगेकाले खेल तीन दिन भित्र निर्धारित समय र मितिमा सम्पन्न गर्न  उद्घाटन अगाडिनै फिल्ड निर्माण गरि केही खेल संचालन गरिने ,खेलमा बिजेता खेलाडि हरुलाई ट्रफि , मेडल प्रमाण पत्र खेलमैदानमै बितरण गरिने भएकाे छ।
खेललाई मर्यादित ब्यबस्थित,अनुशासित तरिकाले सम्पन गर्नु पर्ने   नगरप्रमुख याेगिले बताउनु भयाे।
खेल उद्घाटनमा लुम्बिनी प्रदेस सरकारका उधाेग तथा यातायात ब्यबस्था मन्त्री राेज राणा आउने नगर प्रमुख याेगिले जानकारी गराउनु भएकाे छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।