बारीमा सिचाई गर्न गएकी महिला मृत फेला

झईन्द्र भन्डारी
२३, फागुन


स्वर्गद्वारी नगरपालिका वडा नम्बर ६ मा दुर्गा देवी बसेल आफ्नै बारीमा मृत फेला परेकी छिन ।
बारीमा सिचाइ गर्न गएकी स्वर्गद्वारी नगरपालिका वडा नम्बर ६ खन्योखोला चिउरीरूख निवासी ४४ वर्षीय दुर्गा देवी बसेलको करेन्ट लागेर मृत्यु भएको आशंका गरिएको छ । जङ्गली बदेलबाट गहुँको सुरक्षा गर्ने उद्देश्यले बदेलको पासोका लागि बारीमा करेन्टको तार बिच्चाइएको भेटिएको छ । सिचाई गर्ने क्रममा दुर्गा देवि त्यही करेन्टको तारमा अल्झिएको र दुर्गाको शरिरमा करेन्टले जलाएको चोटहरू भेटिएका भएपनी मृतकको सनाखत भइसकेको भने छैन ।

दुर्गाको मृतक शरिरलाई सनाखत (पोष्टमार्टम) को लागि जिल्ला अस्पताल लैजान थालिएको वडा नम्बर ६ का वडा अध्यक्ष गिर बहादुर गुरूङले बताउनु भयो । मृतकको श्रीमान विदेशमा रहेकोले मृतक शरिरलाई केहि दिन राख्नु पर्ने भएकोले पनि जिल्ला अस्पताल लैजान थालिएको गुरूङको भनाइ छ । दुर्गा देवि फागुन २२ गते मङ्गलबार करिब ३ बजेतिर मृत्यु भएको आशंका गरिएको छ । घरमा कोहि नभएको कारण र साझ रात पर्दासम्म पनि दुर्गा घरमा नआएपछि छिमेकीले साझ खोजी गर्दा बसेललाई आफ्नै बारीमा करेन्टको तारमा अल्झिएको अवस्थामा मृत फेला पारेका थिए । २२ गते मृत्यु भएको दुर्गाकोमृत शरिरलाई सनाखतको लागि २३ गते बिहान करिब १० बजे जिल्ला अस्पताल पठाउने तयारी गरिएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।