४/८ गोर्खा राइफलको ‘राइजिङ डे’ प्युठानमा पनि मनाइयो

स्मृति घर्ती मगर प्युठान, शुक्रबार प्युठानमा भारतीय भुपू सैनिकहरुले आफ्नो पल्टनको स्थापना दिवसको अवसरमा एक कार्यक्रम गरि राईजिङ डे मनाएका छन् । १५ मार्च १९४१ मा राईजिङ भएको ४/८ गोर्खा राईफलले आफ्नो ८३ औं स्थापना दिवस मनाएको छ।


भारतिय भुपू सैनिक हवल्दार खिम सुनारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि भारतिय भुपू सैनिक हवल्दार लाल बहादुर थापा मगर रहनु भएको थियो भने बिशेष अतिथि भारतिय भुपू सैनिक हवल्दार कृष्ण बहादुर पुन मगर रहनु भएको थियो।
कार्यक्रममा बोल्दै भारतिय भुपु सैनिक हवल्दार खिम सुनार, लाल बहादुर थापा मगर, कृष्ण बहादुर पुन मगर, वसन्त थापा लगायतले जिल्लामा यो बर्षबाट सुरुवात गरिएको यश कार्यक्रमलाई आउदो बर्षबाट थप ब्यबस्थित बनाउदै लगिने बताउनु भयो।


प्यूठान जिल्लामा रहेका भुपू ४/८ गोर्खा राईफलका सदस्य र सर्भिस मै रहेका लाहुरेहरु र उनिहरुको परिवार मिलेर मनाएको ‘पल्टन राईजिङ डे’ कार्यक्रममा पेन्सन आइसकेका भारतीय भुपू सैनिक, उनिहरुको परिवार, सर्भिसमै रहेका सैनिकका परिवार, बुद्धिजीवी, पत्रकार बिमल प्रसाद पोख्रेल लगायतको उपस्थिति रहेको थियो।


कार्यक्रममा ४/८ गोर्खा राइफल्स पल्टनको ईतिहासको बारेमा जानकारी गराइनुका साथै भारतिय भुपू सैनिकहरुद्वारा फिल्डमा रहदा भोगेका भोगाइ र अनुभवको बारेमा समेत चर्चा गरिएको थियो।

स्मृती घर्ती मगरले सन्चालन गरेको कार्यक्रममा केशरी घर्ती मगर, बिमला घर्ती मगर, अरुण पुन मगर, खुसी सुनार, लिना सुनार लगायतले आफ्नो नृत्य प्रस्तुत गर्नु भएको थियो।


सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।