‘पत्रकार महिलाको अधिकार हनन् हुनुहुन्न’

 

 


२०८० चैत्र ०५
संघर्ष मिडिया समाचार डेस्क

पत्रकार महिलाले महिलासहित पत्रकार महिलाको अधिकार कहीँबाट पनि हनन् हुन नहुने बताउनुभएको छ । प्रेस चौतारी नेपालद्वारा सोमबार यहाँ आयोजित समाचार कक्षमा पत्रकार महिलाको नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरूले सो कुरा बताउनुभएको हो ।

सञ्चारीका समूहकी पूर्व अध्यक्ष नितु पण्डितले पत्रकार महिलाको अधिकार कहीँ कतैबाट हनन् हुन नहुने बताउनुभयो । उहाँले गर्भवती एवम् सुत्केरी हुँदाको विषय सम्बोधन हुनुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “छोरी, बुहारी, आमा सबै महिलाले पत्रकारिता गर्न पाउनुपर्छ । एकचोटी छानेको पेसालाई निरन्तरता दिन पाउनु पनि त अधिकार हो । त्यो अधिकार हनन् गर्ने वातावरण कहीँ कतैबाट पनि हुन हुँदैन ।”

उहाँले गर्भवती एवम् सुत्केरी अवस्थामा रहेका पत्रकार महिलालाई पत्रकारिता क्षेत्रमा निरन्तर रहने वातावरण बनाउनुपर्ने चर्चा गर्नुभयो । कार्यक्रममा सहभागी पत्रकार महिलाले हरेक क्षेत्रमा महिलाको नेतृत्व आवश्यक रहेको भन्नुहुँदै नेपाल पत्रकार महासङ्घको नेतृत्वमा पनि महिला नेतृत्व आवश्यक रहेको धारणा राख्नुभयो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।