प्रचण्ड र ओलीबीच भेटवार्ता, संक्रमणकालीन न्याय टुंग्याउनेबारे छलफल

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा उनीहरूबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच पाँच दलीय गठबन्धनले सरकार सञ्चालनका लागि सार्वजनिक गरेको न्यूनतम नीतिगत र साझा संकल्प,संक्रमणकालीन न्याय, वैशाख १५ मा हुने उपनिर्वाचन,संसदको अवरोध हटाउनेलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच बाह्य रहेका राजनीतिक दलहरूलाई सरकारमा सहभागी गराउनेबारे पनि छलफल भएको छ।

आजै बिहान बालुवाटारमा चार दलीय मोर्चाको बैठक बसेको थियो। बैठकमा नेकपा एमालेलाई पनि मोर्चामा सहभागी गराउनेबारे छलफल भएको थियो। मोर्चामा एमालेलाई सहभागी गराउन अध्यक्ष ओलीसँग छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई जिम्मा दिएको छ।

प्रधानमन्त्री प्रचण्डले यसबारे अध्यक्ष ओलीलाई बताएका थिए। तर, ओलीले मोर्चामा सहभागी हुने/नहुनेबारे स्पष्ट जवाफ नदिएको स्रोतले बताएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।