जन्मदिनको अबसरमा वडा अध्यक्ष द्वारा कलेजाे बिरामीलाई आर्थिक सहयाेग

निर्मला मगर

२०८० चैत १७

प्युठान  नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नरेन्द्र पुन (एन पी) मगरले आफ्नाे  जन्मदिनको अबसरमा कलेजाे बिरामिलाई आर्थिक सहयोग गर्नुभएको छ ।
चैत १६ गते परेको जन्मदिनको अवसरमा वडा अध्यक्ष मगरले कलेजोमा समस्या भएर उपचार गर्न आर्थिक समस्या झेलेकी प्यूठान नगरपालिका वडा नं ६ निवासी गोपालसिंह गुरुंङकी श्रीमती देवा गुरुंङलाई नगद १० हजार रुपैया सहयोग गर्नुभएको हो ।


जन्मदिनको अवसरमा अन्य कार्यक्रम गरेर खर्च गर्नुभन्दा बिरामी परेर उपचारगर्न समस्या झेल्दै आएका गुरुंङ परिवारलाई आर्थिक सहयोग गरि जन्मदिन मनाइएको वडा अध्यक्ष मगरले बताउनु भयो । जन्मदिनको अवसरमा साथीभाईसंग बसेर पार्टि गर्नुको सट्टा बिपन्न परिवारलाई सहयोग गरिएको उहाको भनाई छ । सहयोग कार्यक्रममा प्यूठान नगरपालिका वडा नं. ६ का पुर्व जनप्रतिनिधी पुनाराम गुरुंङ, स्थानिय खिम बहादुर गुरुंङ, गगन गुरुंङ, भुवन पुन लगाएत उपस्थित थिए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।