सामुदायिक विद्यालयलाई आर्थिक स्रोत जुटाउने बाटो खुला राख्नुपर्छ : गगन थापा

 

 

नेपाली का‌ंग्रेसका महामन्त्री गगनकुमार थापाले सामुदायिक विद्यालयलाई आर्थिक स्रोत जुटाउने बाटो खुला राखिदिनुपर्ने बताएका छन् ।

आइतबार सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले गरेको कार्यक्रममा उनले राम्रो काम गर्नका लागि अतिरिक्त आर्थिक स्रोत चाहिएमा त्यसको खोजी गर्ने बाटो विद्यालयलाई खुला राखिदिनुपर्ने बताएका हुन् ।

‘शिक्षा निःशुल्क राख्दै गर्दा विद्यालयले अतिरिक्त स्रोतको व्यवस्थापन गर्ने कुराको ढोका खुला राख्नुपर्छ कि पर्दैन ? खोल्दा बिग्रेला र, विचार गर्ने हो कि ?’, उनले भने ।

कुनै विद्यालयले पूर्वविद्यार्थी वा अभिभावकबाट स्वेच्छिक रुपमा आर्थिक सहयोग लिएर विद्यालयको शैक्षिक स्तर उकास्न चाहेमा ढोका बन्द गर्न नहुने उनले बताए ।

‘कसैले विद्यालयमा घर परिवार भन्दा पनि बढी खटेर काम गरेको हुन्छ । पूरै ज्यान दिएर विद्यालयको काम गरेको पाउँछु । कतै भने पूरै हाम्रो पार्टीको हो भनेर भोट हाल्दै नाच्दै गरेको पाइन्छ । शिक्षक पनि सबै खालका छन् । यसलाई नछुट्याउनु हुँदैन’, महामन्त्री थापाले भने, ‘…विद्यालय शिक्षा विधेयकमा अभिभावकको सहभागिता धेरै कसरी बढाउने र सँगै दलीयकरण हुन नदिने कुरामा विशेष रुपमा छलफल गरौं।’

सामुदायिक विद्यालयमा अभिभावकको सहभागिता कम हुने विषय राजनीतिक असफलता हो भन्दै उनले प्रश्न गरे, ‘ढल, खानेपानी, सडक बनाउने कुरामा सहभागिता जनाउँछ । तर त्यही मान्छे विद्यालयमा ल्याउन सकिएको छैन किन ?’

अनलाइन खबरबाट साभार

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।