नौबहिनीका तीन आधारभुत विद्यालयमा कक्षा ८ को परीक्षामा शून्य उर्तीण

चेत २१ प्युठान
प्युठानको नौबहिनी गाउँपालिकाको आधारभुत तह विद्यालयहरुको नतिजा गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले पालिकास्तरीय कक्षा ८ को वार्षिक परीक्षा २०८० मा सहभागी भएका १८ विद्यालयका ७४३ जना विद्यार्थीमध्य ८१ जना उर्तीण भएको अन्तिम नतिजा आज प्रकाशन गरेको छ ।
पालिकाको सामुदायिक विद्यालयहरुमध्ये तीन विद्यालयमा  विद्यार्थी शुन्य उर्तीण भएका छन् । सरि प्रकाश आधारभुत विद्यालय सरिमा का १२ जना, अन्धनासक मा. वि लिघाका ३७ जना र गुरुभक्त आधारभुत विद्यालय मैरामारेका २२ मध्य कक्षा ८ को वार्षिक परीक्षामा सहभागी विद्यार्थीमध्ये कुनै पनि विद्यार्थी उर्तीण हुन सकेका छैनन् ।
पालिकाको तीन विद्यालयमा एक–एक जना विद्यार्थी मात्रै उर्तीण भएका छन् जसमध्ये  ज्ञान ज्योती आधारभुत डाडाकटेरीका परीक्षामा सहभागी ३८ जना, बुद्ध आधारभुत विद्यालय लेकका ३६ जना र अम्बिका मावि फोप्लीका १०६ सहभागी  विद्यार्थीमध्ये एक–एक जना मात्र विद्यार्थी मात्र भएका छन् ।
तीन विद्यालयमा दुई–दुई जना मात्रै उर्तीण भएका छन् जसमध्ये शिव मा.वि. स्याउलीवाङ ७६ जना, दिपजयोती विद्यासदन विद्यालयका ९ जना र नेपाल राष्ट्रिय आधारभुत विद्यालय फाउनेपोखरीका १३ सहभागी विद्यार्थीमा दुई–दुई जना विद्याथी मात्र उर्तीण भएका छन् ।

जनज्योती मा.वि. लुङका ४५ जना विद्यार्थीमध्ये  ३ जना, ने.रा.मा.वि. डाम्रीका ५६ जनामध्ये जना ४ जना, बराह मा.वि. का ४९ जना मध्ये ४ जना, नौबहिनीको मुख्य बजारमा तथा पालिकाको भवनदेखि झण्डै दुई सय मिटर दुरीमा रहेको गंगा मा.वि. बाहानेका ५८ जना मध्ये ५ जना, ने.रा. आ.वि गोगनपानीका २६ जना ६ जना, गाबै मा.वि. गाबैका ५२ जना मध्ये ८ जना, ठण्डा आ.वि. सारीवाङका १६ जनामध्ये ८ जना, दुर्गा मा.वि. का ६३ जनामा १६ जना र लुप्लुङ मा.वि. का ३९ जनामा १८ जना गरी सहभागी ७४३ मा ८१ जनाले मात्र नौबहिनी गाउँपालिकाको आधारभुत तह कक्षा ८ को परीक्षामा उर्तीण भएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलको हस्ताक्षर रहेको सुचनामा प्रकाशित गरिएको छ ।
पालिकाको  शिक्षाको गुणस्तर खस्किएकोमा नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले यसपटकको आधारभुत तहको परिक्षाले सोच्न बाध्य बनाएको छ अन्तरविद्यालयको केन्द्राध्यक्ष तोकेर परीक्षा संचालन गरेका थियौं । पालिकामा धेरैजसो जनजातीको बाहुल्यता रहेकाले विद्यार्थी, शिक्षक र अभिभावकको तालमेल नमिल्नाले पनि नतिजा सोचे अनुरुप नआएको थापाले बताउनुभयो ।

नौबहिनी गाउँपालिकामा शिक्षा शाखा प्रमुख नहुदा आइटि शाखामा कार्यरत मेघराज बोहोरालाई शिक्षा शाखा समाल्न दिएका थियौं तत्कालै पालिकाको शिक्षा समिति, परीक्षा समिति र कार्यपालिकाको बैठक बसेर समिक्षा गर्दै आगामी दिनमा शिक्षाको गुणस्तर सुधारमा लाग्ने अध्यक्ष थापाले बताउनुभयो ।
सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।