जनतासँग जनप्रतिनिधि कार्यक्रम संम्पन्न


प्युठान नगरपालिका वडा नम्बर ७ को आयोजना तथा संघर्ष मिडिया प्रा.लि.सहजीकरणमा आनिवानि परिवर्तनमा जनतासँग जनप्रतिनिधि कार्यक्रम आज प्युठान नगरपालिका वडा नम्बर ७ को टाकुरा बस्तीमा सम्पन्न भएको छ ।
अन्तरसंवाद कार्यक्रममा उठेका जवाफको सवाल प्युठान नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नेत्र बहादुर केसी, वडा सदस्य ध्रुव थापा, वडा सदस्य बसन्ता केसी, वडा सचिव गुन्जन रिजालले दिनु भएको थियो ।
टाकुराका स्थानीय बासिन्दाहरुले झेल्दै आएको खानेपानीको समस्या भैरहेको गुनासोलाई सम्बोधन गर्दै वडा अध्यक्ष नेत्र बहादुर केसीले आउने बैशाख मसान्तसम्म समाधान गरिदिने बताउनु भएको छ ।
त्यस्तै उहाँले विपन्न परिवार जसको घरमा विद्युतीय लाईन जडान भएको छैन् उहाँहरुलाई निशुल्क विद्युत जडानका लागि वडा कार्यालयमा आवश्यक कागजात पेश गर्न अनुरोध गर्नु भएको छ ।
अन्तरसंवाद कार्यक्रम प्युठान नगरपालिका वडा नं. ७ को आयोजना तथा संघर्ष मिडिया प्रा.लि.को सहजीकरणमा सम्पन्न भएको हो ।
आनिवानि परिवर्तनमा जनतासँग जनप्रतिनिधिको भूमिका र जनताको कर्तव्यको विषयमा नेपाल पत्रकार महासंघ प्युठानका कोषाध्यक्ष प्रज्वल पहाडीले सहजीकरण गर्नु भएको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।