मलेसियामा नौसेनाका दुई हेलिकप्टर ठोक्किए, १० जनाको मृत्यु

 

सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।

हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएका थिए। यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो।

अहिलेसम्म उक्त दुर्घटनामा कोही बाँचेको भन्ने जानकारी प्राप्त भएको छैन ।

दुर्घटनामा परेको एउटा हेलिकप्टरमा सात जना सवार थिए भने अर्कोमा तीन जना सवार थिए ।


 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।