१३ प्रतिशतले बढे पर्यटक, चार महिनामा आए चार लाख बढी

 

नेपालमा पर्यटक आवागमन १३ प्रतिशतले बढेको छ। अध्यागमन विभागको तथ्यांकअनुसार अप्रिल महिनामा पर्यटक संख्या १३ प्रतिशतले बढेको हो।

सन् २०२४ को अप्रिलमा १ लाख ११ हजार ३७६ पर्यटक नेपाल आएका छन्। सन् २०२४ को हालसम्म ४ लाख १६ हजार ६९ पर्यटक नेपाल आएका छन्। सरकारले यस वर्ष २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ। २०२४ को जनवरीमा ७९ हजार १००, फेब्रअरीमा ९७ हजार ४२६ र मार्चमा १ लाख २८ १६७ पर्यटक नेपाल आएका थिए।

जुन २०२३ को अप्रिलको भन्दा १२.७६ प्रतिशतले बढि हो भने कोभिड अघिको समयमा भन्दा १.८१ प्रतिशतले पर्यटक बढेको विभागको तथ्यांकमा छ। सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३९९ पर्यटक आएका थिए। सन् २०२० मा कोभिड र लकडाउनका कारण समिक्षा महिनामा १४ जना मात्र आएका थिए। त्यस्तै, २०२१ को अप्रिलमा २२ हजार ७३२, २०२२ मा ६१ हजार ५८९ र २०२३ मा ९८ हजार ७७३ पर्यटक आएका थिए।

अप्रिल महिनामा सबैभन्दा धेरै भारतबाट नै पर्यटक भित्रिएका छन्। नेपालको पर्यटनमा एक तिहाइ भन्दा बढी हिस्सा भारतीय पर्यटकको हुने गरेको छ। अप्रिल महिनामा पनि भारतबाट ३० हजार १५८ पर्यटक आएका छन्। दोस्रोमा अमेरिकाबाट ९ हजार ९४७ र चिनबाट ९ हजार ७५० पर्यटक नेपाल आएका छन्।अन्नपूर्ण पोष्टबाट साभार

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।