भेलुबाजे मृत्युको बिषयमा ज्वाईले दिए प्रहरीमा जाहेरी

सामाजिक सञ्जालमा भाइरल प्यूठान नगरपालिका ५ जुम्रिकाँढाका मिन बहादुर बुढा (भेलुबाजे) को मृत्यु अस्वभाविक भएको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालय प्यूठानमा शुक्रवार किटानी जाहेरी दिएका छन् । कुटपिटबाट मृत्यु भएको भन्दै भेलुबाजेका ज्वाँइ हिमलाल पुनले प्यूठान नगरपालिका वडा नं ८ मा व्यवसाय गरेर बसोवास गर्दै आएकी गीता केसी विरुद्ध किटानी जोहरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिए ।

मृतक भेलुबाजेको शव जिल्ला अस्पताल विजुवारमा राखिएको छ । मृतकका आफन्तले पोष्टमार्ट घटनाको अनुसन्धान र शवको पोष्टमार्टव गर्न माग गरेका छन् । कुटपिटकै कारण मृत्यु भएको परिवारले आरोप लगाएका छन् । अस्पतालमा भर्ना हुँदा भेलुबाजेको शरीरमा  सामान्य चोटपटक समेत देखिएको चिकित्सकहरुले बताएका छन् ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।